Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली एस्विसको लगातार चौथो जीत 

कर्णाली एस्विसले एभरेस्ट महिला भलिबल लिगमा लगातार चौथो जीत निकालेको छ । बिहीबार बेलुका भएको भएको आफ्नो चौथो खेलमा चितवन शक्तिलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । पहिलो सेट १८-२५ ले गुमाए पनि कर्णाली दोस्रो सेट जित्दै खेलमा फर्किएको थियो । 

तेस्रो सेट भने गुमायो । तर चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीले खेललाई पाँचौँ सेटमा धकेलेको थियो । पाँचौँ सेटमा भने १३-१५ को जीत निकाल्दै कर्णालीले चितवन शक्तिलाई स्तब्ध बनाएको हो । लिगमा कर्णाली मात्र अपराजित रहेको छ । यो जीत सँगै कर्णाली फाइनलको एकदम नजिक पुगेको छ । लिगमा कर्णाली १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । 

लिगका ६ टिमले एक अर्कासँग खेलेपछि अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । यो एसियाकै महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update