Kakhara सबैको खबर सम्पूर्ण खबर
संयुक्त एम्बुलेन्स चालक संघद्धारा मुसिकोट नगरपालिकालाई स्ट्रेचर सहयोग 

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल जिल्ला शाखा रुकुम पश्चिमले मुसिकोट नगरपालिकालाई  स्ट्रेचर सहयोग गरेको छ । शुक्रबार नगरपालिकामै पुगरेर संघले नगरपापालिकालाई स्ट्रेचर सहयोग गरको हो । मुकिोट नगरपालिकाको १४ वटै वडामा पुग्ने गरी प्रत्येक वडामा एक एक वटा दरले स्ट्रेचर सहयोग गरिएको संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमका अध्यक्ष कृष्णकुमार ददेले जानकारी दिनुयभो ।

उहाँका अनुसार मुसिकोट नगरपालिकालाई १४ वटा स्टेचर सहयोग गरिएको हो । भने जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमलाई एक वटा स्ट्रेचर सहयोग गरिएको छ । जिल्लाको छ वटै स्थानीय तहका ७३ वडालाई एक एक  वटाका दरले स्ट्रेचर वितरण गर्ने योजना रहेको अध्यक्ष ददले जानकारी दिनुभभयो ।

संयुक्त एम्बुलेन्स चालक संघमा आवद्ध २० जना चालकहरु मिलेर उठेको  रुकमबाट स्टे«चर सहयोग गरिएको संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमका सचिव विजय बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौबाट रुकुमसम्म आइपुग्दा एकटा स्टे«चरको मुल्य ३ हजार ५ सयसम्म परेको छ । जसमा १५ वटा  स्ट्रेचर लागि  ५२ हजार ५ सय रुपैयाँ बराबरको सहयोग गरिएकको छ ।

विरामी ल्याउन गाउँ पुग्दा विरामीलाई सडकसम्म पुर्याउन समस्या, विरामीलाई डोकोमा बोकेर उपचारको लागि अस्पतालसम्म पुर्याउनुपर्ने अवस्था देखेर केही सहज होस्र भन्ने उदेश्यले स्ट्रेचर सहयोग गरिएको सचिव बस्यालले जानकारी दिनुभयो । बाँकी ५ वटा स्थानीय तहलाई पनि केहि दिनभित्र  स्ट्रेचर सहयोग गरिने संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमले जनाएको छ ।

स्ट्रेचर र सहयोग हस्तान्तरण कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसी उपप्रमुख विमलकुमार पुन , प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरी, ५ नम्बर वडा अध्यक्ष समिरजङ मल्ल, ७ नम्बर वडा अध्यक्ष एक्कबहादुर पाण्डे र १३ नम्बर वडा अध्यक्ष खलबहादुर खड्का उपस्थित रहको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update