जनार्दन शर्मा ‘प्रभाकर’को पिसिआर परीक्षण
पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना भए नभएको पत्ता लगाउन पिसिआर परीक्षण गराउनु भएको छ । नेता शर्माले आज रुकुम पश्चिमको चौरजहारी पिसिआर प्रयोगशालामा श्वाव दिनुभएको हो ।
परीक्षणको नतिजा भने भोली आउने प्रयोगशालाले जनाएको छ । २७ गते बोलाइएको प्रतिनिधि सभा बैठकका लागि उहाँले पिसिआर परीक्षण गराउनुभएको हो । बैठकका लागि बुधबार र बिहिबार प्रतिनिधि सभा सदस्यहरुको पिसिआर परीक्षण गरिएको थियो ।
तर नेता शर्मा भने गृह जिल्लामा रहेका कारण जिल्लामै पिसिआर परीक्षण गराउनुभएको हो । संसद बैठकका लागि आफुले पिसिआर परीक्षण गराएको नेता शर्माले स्वाव दिएपछि प्रतिक्रिया दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८ १८:३३
प्रतिक्रिया दिनुहोस्