Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पुमा  आयोजित भलिबल प्रतियोगितामा पुरुषतर्फ बाँफिकोट ३ र महिलातर्फ बाँफिकोट २ विजेता 
विजेता समुह ।

१४ औँ स्यार्पू महोत्सवको अवसरमा आयोजित खुला शुद्ध वडा स्तरिय महिला पुरुष भलिबल सम्पन्न भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ स्थित दह खेल मैदानमा सात दिन सम्म सञ्चालन भएको प्रतियोगिता आज समापन भएको  हो । युवा तथा खेलकुद विकास समिति बाँफिकोट ३ ले प्रतियोगिताको आयोजना गरेको गरेको थियो । रुकुम पूर्व र पश्चिमका १७ टिमले प्रतिस्पर्धा गरेकाे पुरुष भलिबलतर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर ३ प्रथम भएको छ ।

आज भएको फाइनल खेलमा  सानीभेरी गाउँपालिका वडा नम्बर ४ लाई ३/ २ को सेटमा पराजित गर्दै बाँफिकोट ३ प्रथम भएको हो । प्रथम भएको बाँफिकोट ३ ले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त  गर्दा दोस्रो भएको सानीभेरी ४ ले नगद ७० हजार पाँस सय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टिकाराम मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार तेस्रो भएको बाँफिकोट ४ ले नगद  ४० हजार पाँस सय ५५ रुपैयाँकाे साथमा मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । यस्तै   ११ टिमले प्रतिस्पर्धा गरेको महिला भलिबल प्रतियोगितातर्फ बाँफिकोट २ प्रथम भएको छ । आजै भएको फाइनल खेलमा बाँफिकोट ४ लाई पराजित गरेर बाँफिकोट २ प्रथम भएको हो ।

प्रथम भएको बाँफिकोट २ ले नगद ३० हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र हात पारेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार दोस्रो भएको बाँफिकोट ४ ले नगद २२ हजार पाँच सय ५५ तथा तेस्रो भएको बाँफिकोट ३  ले नगद १५ हजार पाँच सय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

आज एक कार्यक्रमका बिच खेलकुद प्रतियोगिताको समापन गरिएको भए पनि स्यार्पू साँस्कृति तथा पर्यटन महोत्सव भने आगामी २३ गते सम्म सञ्चालन हुने बाँफिकोट गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update