Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली अपराजित रहँदै इडब्लुभिएलकाे फाइनलमा

कर्णाली एस्विस अपराजित रहँदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको लिगको अन्तिम खेलमा काडमाडाै स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णालीले अपराजित रहँदै फाइनलको यात्रा तय गरेको हो ।

१-० ले पछि परेको अवस्थामा कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन वटै सेट जित्न सफल भयो । यद्यपि कर्णाली यस अघि नै फाइनलको यात्रा तय गर्न सफल भइसकेको थियो । तर आजको जीतले कर्णाली लिग टप तथा अपराजित रहँदै फाइनल पुगेको हो ।

कर्णालीको जीतले ललितपुर क्विन्सलाई फाइदा भएको छ । काठमाडौँ पराजित भएपछि ललितपुर लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ । अब फाइनलमा कर्णाली र ललितपुर खेल्ने छन् । फाइनल खेल शनिवार  हुने छ । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ००:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update