Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा (बहुमत) ले  विभिन्न मागसहित रुकुम पश्चिम र पुर्वमा  ज्ञापनपत्र बुझायो

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुकुमले विभिन्न माग राख्दै दुई जिल्ला रुकुम पश्चिम र पूर्वमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले शुक्रकार रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मालाई चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबारी, अखाद्य वस्तु विक्रि वितरण गर्न रोक, नियमित बजार अनुगमन लागएतका माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पार्टी सेक्रेटरी सोमपाल कामीको नेतृत्वमा शुक्रकार नेकपा(बहुमत) पार्टीले ज्ञापन पत्र बुझाएको हो ।

राज्य दोहन गरिरहेका धमिराहरु, दलाल तस्कर भ्रस्टचारी, कालोबजारी, आर्थिक आतंकका विरुद्ध र समसामयिक बिषयमा विभिन्न माग  राखिएको जिल्ला पार्टी सेक्रेटरी कामीले जानकारी दिनुभयो ।उहाँका अनुसार सिमा तथा सवारी साधन, होटल रेस्टुरेन्ट लगायत अन्य उपभोग्य सरसामान किनमेलमा गरिने ठगी , पाकेटमार,ज्यादती, लुटपाट नियन्त्रण गर्नुपर्ने, गुणस्तरहिन तथा अखाद्य बस्तुको बिक्रीवितरण तथा उपभोगमा रोक लगाउनुपर्ने,.कालोबजारी नियन्त्रणका लागि व्यापक बजार अनुगमन गरि कारवाहिको दायरामा ल्याउनुपर्ने, चाडपर्वका नाममा हुने जुवातास, जाडरक्सी लगायत सामाजिक हिंसालाई कडाइ साथ नियमन गर्नुपर्ने माग राखिएको छ । 

त्यस्तै विभिन्न प्रकृतिका चोरी तस्करी, नदिनाला दोहन लगायतको कडा नियमन तथा नियन्त्रण गरी अबैध क्रसरहरु बन्द गर्नुपर्ने, वित्तीय आतंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरव्याजिलाइ कार्वाही  गर्नुपर्ने, दुषित मनसायका चेक तथा तमसुक खारेज गर्र्नुुपर्ने सरकारी कार्यलय र कर्मचारिलाइ अनिवार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाउनुपर्ने, बैंक तथा वित्तीय संस्थालाइ एक अंक र स्थिर व्याज दर कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान हुनुपर्ने, लागुऔषधको किनबेच र प्रयोगमा कडाइ  गरी कार्वाहीको  गर्नुपर्ने लगायतका माग सहित ज्ञापनपत्र बुझाएको पार्टी सेक्रेटरी कामीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update