Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पूमा आयोजित  ब्याडमिन्टन प्रतियोगितामा महेन्द्र र मुस्कानकाे जोडी विजेता 
विजेता टिम ।

१४ औँ स्यार्पू महोत्सवको अवसरमा आयोजित खुला ब्याडमिन्टन प्रतियोगितामा महेन्द्र पुन र मुस्कान केसीको जोडी पहिलो भएको छ । शुक्रबार भएको फाइनल खेलमा नबचन्द्र वली र शिखर केसीको जोडीलाई २/० को सोझो सेटमा पराजित गदै महेन्द्र पुन र मुस्कान केसीको जोडी विजेता भएको हो ।

विजेता भएको जोडीले नगद २० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता भएको नबचन्द्र वली र शिखर केसीको जोडीले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको छ । यस्तै सेमिफाइनल पुगेको खुबीराज शाही र जनक बहादुर सलामी मगर तथा अनमोल पुन मगर र खिम बहादुर खत्रीको जोडीले समान पाँच÷ पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्रमा चित्त बुझाएका छन् ।

सेमिफाइनलमा महेन्द्र पुन र मुस्कान केसीको जोडीले अनमोल पुन मगर र खिमबहादुर खत्रीको जोडीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो भने नबचन्द्र वली र शिखर खड्काको जोडीले खुबीराज शाही र जनकबहादुर सलामी मगरको जोडीलाई पराजित गरेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न ठाउँका १८ जोडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महेन्द्र पुन उकृष्ट खेलाडी समेत घोषणा  हुनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update