Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा(बहुमत) द्धारा वित्तीय संस्था विरूद्ध  `लाल आतंक´ घोषणा 
पत्रकार सम्मलेनमा बोन्दै पार्टी सेक्रेटरी कामी 

नेकपा (बहुमत) ले वित्तीय आतंकका विरुद्ध लाल आतंक घोषणा गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा शनिबार पत्रकार सम्मेलन गरेर वित्तीय आतंकका विरुद्ध लाल आतंक घोषणा गरिएको नेकपा(बहुमत) रुकुम पश्चिमका सेक्रेटरी सोमपाल कामीले जानकारी गराउनुभयो । जनतामा अनेकन यातन थोपारी आतंक मच्चाइरहेकोले वित्तीय आतंकका बिरुद्ध लाल आतंक घोषणा गर्न बाध्य भएको पत्रकार सम्मलेन मार्फत उहाँले जानकारी बनाउनुभयो । 

लाल आतंक रहर नभएर बाध्यता भएकाले जति बेला सम्म वित्तीय आतंक जारी रहन्छ त्यति बेला सम्म लाल आतंक द्वारा प्रतिरोध गरिरहने  पार्टीको जनाएको छ । नियमक निकायले नियमन नै नगर्ने गरी हाले पनि नियमक निकायको निर्देशन नमान्ने रवैया र दादागिरी बैंक तथा वित्तीय संस्थामा रहेको पार्टीको आरोप छ । बैंक तथा वित्तीय संस्थाको लागि बनाइएको ऐनमा माफिया घुसाएर टार्गेट पूरा गर्ने नाममा गरिब विपन्नलाई ऋणको भारिले थिच्ने बाहेक कुनै पनि बैंकले वित्तिय सुशासन र साक्षरतामा ध्यान नदिएको जिल्ला सेक्रेटरी कामीले जारी गरेको प्र्रेस व्यक्तयमा उल्लेख गरिएको छ ।

‘‘हाम्रा लागि जनताको निक्षेपमा मुठीभर (कर्पोरेट हाउस) मान्छेले रजाइ गर्ने र जनतालाई  रुवाएर राज्य रमिते बन्ने कुरा स्विकार्य हुन सक्दैन वत्तव्यमा भनिएको छ ।’’ वित्तीय संस्थाका कारण जनता घरवारविहीन भएको, विभिन्न मानसिक यातनाको सिकार हुँदै आत्महत्या सम्म गर्न पुगेको, बैंक तथा वित्तिय संस्था अनि मिटर व्याजको आतंकले सामाजिक प्रतिष्ठा ध्वस्त पारेकोले यसका विरुद्ध पार्टीले  वित्तीय आतंका विरुद्ध लाल आतंक घोषणा गरेको नेकपा(बहुमत) रुकुम पश्चिले जनाएको छ ।

वित्तीय आतंक नरोकिजेल प्रतिरोध जारी रहने पार्टीले जनाएको छ । 

  नेकपा (बहुमत) ले जारी गरेको प्रेस वक्तव्य हेर्नुहोस ।

WhatsApp-Image-2024-10-05-at-16.20.21_7eb82a98-1728129554.jpgWhatsApp-Image-2024-10-05-at-16.20.20_a1bca9b0-1728129553.jpg

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update