Kakhara सबैको खबर सम्पूर्ण खबर
इडब्लुभएलकाे उपाधि कर्णालीलाई

पहिलाे संस्करणकाे एभरेस्ट महिला भलिबल लिगकाे उपाधि कर्णाली यस्विसले जितेकाे छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३-२ ले हराउँदै उपाधि जितेको हो।

अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो।

कर्णाली प्रतियाेगितामा अपराजित रह्याे । लिगका सबै पाँच खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेकाे थियाे । फाइनल पनि जितेर कर्णालीले अपराजित रहँदै उपाधि हात पार्न सफल भयाे । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update