Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक निर्माणको काम सम्पन्न, खलंगा‍- सल्ले आवतजावत सुचारु

राप्ती राजमार्ग अन्तरर्गत पर्ने रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ पातुखोलामा सडक निमार्णको सम्पन्न भएको छ । सडक निर्माणको काम सपन्न भएसँगै सोही सडक खण्ड हुँदै खलंगा‍- सल्ले सडक खण्डमा सवारी साधन आवतजावत सूचारु भएकाे हाे । सडक डिभिजन चौरजहारी मार्फत पहिरोले क्षति पुर्याएको पातुखोला– सल्ले सडक खण्ड निर्माणको काम असोज ९ गतेदेखि  थालिएको थियो ।

काम थालिएको १० दिनमा सडक निर्माणको काम सपन्न भएर आइतबारदेखि सडक सूचारु गरिएको निर्माण कम्पनीले जनाएको छ ।सडक मर्मतको समयमा ठुला सवारी साधनलाई खलंगा‍- सल्ले आवतजावत समते बन्द गरिएको थियो । भने अन्य साना सवारी साधनहरु भने पातुखोला सहिद मैदान हुँदै गनेश चोकको बाटो भएर आवतजावत गरिररहेका थिए ।

ठेक्का मार्फत सडक निर्माणको काम इपेरियल महतो चेतना निर्माण कम्पनीले जिम्मा लिएको थियो । सोही निर्माण कम्पनीले राप्ती राजर्माग अन्तरर्गत पर्ने सल्यान र रुकुम पश्चिमको सिमाना खौलादेखि सल्लेसम्म स्टमेट अनुसार सडक भत्किएको मर्मत, नाला सरसफाई लगायतका काम गर्ने जिम्मा पाएको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । 

वर्षातको कारण गत भदौ २१ गते पहिरोले पातुखोलामा सडक सहित सडक छेउमा रहेका चार वटा घुम्ती पसल बगाउँदा लाखौको क्षति भएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update