Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा आठ किलो अफिमसहित दुई जना पक्राउ
पक्राउ गरिएका ओली र यरी ।

रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागु औषध अफिम सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर २ का ३५ वर्षिय अजय यरी र मुसिकोट नगरपालिका  वडा नम्बर ९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षिय भिमबहादुर ओली  पक्राउ परेका हुन् । उनीहरुलाई शुक्रबार राती  सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक शाहीको कमाण्डमा गस्तिमा खटिएको प्रहरी टोलीले उनिहरुलाई शंकास्पद देखेपछि चेकजाँच गर्दा लागु औषध अफिम  फेला पारेपछि पक्राउ  गरेकाे हाे । अफिम राखेको बोरा नियन्त्रणमा लिई खोली हेर्दा बोरा भित्र कालो, रातो रङ्गको प्लाष्टिकमा ६ वटा पोकाहरू पारेको खैरो कालो रङ्गको ८ किलो  १ सय ग्राम अफिम रहेको प्रहरीले जनाएको छ ।

ओली र यरीको शरिर तलासी गर्दा बिभिन्न कम्पनिका ३ थाान मोबाईल समेत फेला परेको प्रहरीले जनाएको छ । आइतबार रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्विकृत गराई  ओली र यरीलाई  प्रहरी कार्यालयको हिरासत कक्षमा राखि अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

WhatsApp-Image-2024-10-06-at-13.50.04_5df35997-1728203996.jpg

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update