Kakhara सबैको खबर सम्पूर्ण खबर
शिद्धगुफा गोल्ड कपको छैटौँ संस्करण सुरु

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा हरेक वर्ष सञ्चालन हुँदै आएको शिद्ध गुफा गोल्ड कप फुटबलको छैटौँ संस्करण सुरु भएको छ । सल्ले यूथ क्लबले आयोजना गरेको गोल्ड कपको आज मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । एक कार्यक्रमका बिच कपको उद्घाटन गरिएको हो । 

आयोजक सल्ले यूथ क्लबका उपाध्यक्ष हुकुमकुमारी केसी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेश शर्माको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिका १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, मुसिकोट नगर कार्यपालिका सदस्य राजु विक, जिल्ला फुटबल सङ्घका उपाध्यक्ष डम्बर थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रोनिक्स बिसीले गर्नुभएको थियो । प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्दै छन् । आज उद्घाटन भए पनि प्रतिस्पर्धा भने सोमबारबाट हुने आयोजकले जनाएको छ । 
 FB_IMG_1728213585616-1728213617.jpg
दसैँ, तिहार जस्ता चाडपर्वको अवसर पारी क्लबले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । छैटौँ संस्करणको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने छ भने फेयर प्ले अवार्ड पनि वितरण गरिने बताइएको छ । 

FB_IMG_1728213578662-1728213617.jpg
प्रतियोगिता सेभन ए साइड भएकोले एउटा टिमले ७ जना खेलाडी खेलाउन पाउने आयोजकको भनाई छ । तर एक टिममा १० जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक हुनुपर्ने, जिल्ला बाहिरबाट ३ जना खेलाडी राख्न पाइने, रुकुम पश्चिम र पूर्वलाई एउटै जिल्ला मानिने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update