Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रहरी दिवसको अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन सुरु

रुकुम पश्चिममा ६९ औँ प्रहरी दिवसको अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आयोजना गरेको प्रतियोगिताको आइतबार प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा ३२ टिमले भाग लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पुरस्कार भने निश्चित नभएको प्रहरीको भनाई छ । ५ सय दर्ता शुल्क लिइएको र त्यसबाट पुरस्कार वितरण गरिने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । जिल्ला प्रहरी प्रमुख पोखरेलको अध्यक्षतामा भएको ब्याडमिन्टन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो । 

FB_IMG_1728213107832-1728214675.jpg
प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । प्रहरीका बिचमा सोमबार बिहान देखि टेबल टेनिस प्रतियोगिता सुरु हुने छ भने मङ्गलवार आँखा जाँच कार्यक्रम आयोजना गरिएको डिएसपी पोखरेलले बताउनुभयो । त्यस्तै दिवसको अवसरमा म्याराथन सञ्चालन गर्ने समेत तयारी भइरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update