Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीले अर्जुन घर्तिलाई १० लाखमा किन्याे

नेपाल क्रिकेट सङ्घले क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपिएलका लागि कर्णाली याक्सले अर्जुन घर्तीलाई १० लाखमा खरिद गरेको छ । क्याटागाेरी बि मा रहेका घर्तीलाई गोला प्रथाबाट कर्णालीले पाएको हो । न्यूनतम ५ लाख मूल्य रहेकामा उक्त मूल्यबाट बोली लागेकामा तीन टिमले अधिकतम १० लाखको बोली लगाएका थिए । कर्णाली, काठमाडौँ र विराटनगरले १० लाखको बोली लगाएकामा कर्णालीले प्राप्त गरेको हो । विकेट किपर ब्याट्सम्यान घर्ती रुकुम पश्चिमका हुन् । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update