Kakhara सबैको खबर सम्पूर्ण खबर
'लक्की' कर्णाली,  अलराउण्डर गुल्सनलाई पायाे 

नेपालका अलराउण्डर गुल्सन झा नेपाल प्रिमियर लिग (एनपील) मा कर्णालीबाट खेल्ने भएका छन् । उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले मूल्य लगाएका थिए ।

न्यूनतम मूल्य गुल्सनले १० लाख राखेका थिए । उच्चतम १५ लाखमा ७ टोली पुगेका थिए । लुम्बिनी भने ए तीन खेलाडी हुँदा सहभागी हुन पाएन । लक्की ड्र मा कर्णालीले पाएको हो ।

पछिल्लो दुई वर्षदेखि उनले नेपालको टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । हाल क्यानडामा राम्रो गर्दा सबैको ध्यानमा तानिएका थिए । सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी हुन् ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update