Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटमा १ लाख ५० हजार पुरस्कार राशिको फुटबल हुँदै 

रुकुम पश्चिममा डेढ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका ९ राडीमा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा टिम मड्रिडले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेताले १ लाख ५० हजार पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष रोहन ओलीले जानकारी दिनुभयो । उप विजेताले ८० हजार नगद पुरस्कार प्राप्त गर्ने ओलीको भनाई छ ।

विजेता र उप विजेतालाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ६ गतेबाट सञ्चालन हुने र प्रतियोगितामा सहभागिताका लागि कार्तिक ५ गतेसम्म टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता शुल्क १५ हजार तोकिएको छ । 

461164174_885990653094495_8382101260593578996_n-1728350109.jpg

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update