विश्व दृष्टि दिवस तथा ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारीहरुको निशुल्क आँखा चेकजाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय रकुम पश्चिमको आयोजना तथा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल द्धारा संचालित आँखा सर्जिकल सेन्टरको प्राविधिक सहयोगमा प्रहरी कर्मचारीहरुको निः शुल्क आँखा चेकजाँच गरिएको हो । मंगलबार जिल्ला प्रहरी कार्यालयको परिसरमा आँखा चेकजाँच गरिएको आँखा सर्जिकल सेन्टर सल्लेका प्रमुख धनबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निःशुल्क आँखा चेकजाँच शिविरबाट जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ९२ जना प्रहरीको आँखा चेकजाँच गरिएको छ । आँखा चेकजाँच गरिएका मध्ये ३५ जनालाई निःशुल्क चस्मा विचरण गरिएको छ । अन्य आँखामा समस्या देखिएकालाई औषधी सहित परामर्श दिएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।