Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रहरी दिवस: ब्याडमिन्टनमा कवीन्द्र र शिखरको जोडी विजेता 
विजेता समुह सहित अन्य ।

रुकुम पश्चिममा ६९ औँ प्रहरी दिवसको अवसरमा आयोजना गरिएको खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आयोजना गरेको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । ३२ टिमले भाग लिएको प्रतियोगितामा कवीन्द्र पुन र शिखर केसीको जोडी विजेता बनेको छ । 

भने ओपेन्द्र बोहरा र विष्णु बिसीको जोडी उपविजेता बनेको आयोजक जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । त्यस्तै सुनिल शाह र देवकुमार ओली तथा वकिलजङ शाह र बखतबहादुर शाहीको समूह सान्त्वना भएको हो । स्थान प्राप्त गर्ने समूहलाई प्रहरी दिवसको अवसरमा मेडल प्रमाणपत्र र उचित पुरस्कार वितरण गरिने बताएको छ । 

प्रहरी दिवसका अवसरमा कार्यालयले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ । दिवसकै अवसरमा आज बिहान प्रहरी कर्मचारीको आँखा निःशुल्क चेकजाँच गरिएको थियो । भने दिवसको अवसरमा म्याराथन समेत सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update