Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा सहिद पूर्णप्रसाद शर्मा स्मृति कप भलिबल हुने 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ९ कोटजहारीमा सहिद पूर्णप्रसाद शर्मा स्मृति कप खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । साथै विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको छ । 

भलिबल तर्फ विजेताले नगद ६० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उप विजेताले ४० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तृतीयले २० हजार तथा सान्त्वनाले १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । भलिबलको दर्ता शुल्क ५ हजार कायम गरिएको छ । 

त्यस्तै खुला नृत्य, लोकदोहोरी र सिँगारु प्रतियोगिता पनि आयोजना गरिएको छ । खुला नृत्य र लोकदोहोरी प्रतियोगिताको प्रथमले ३ हजार, द्धितियले २ हजार र तृतीयले समान १ हजार पुरस्कार पाउँदा खुला सिँगारुमा प्रथमले ५ हजार, द्धितियले ३ हजार र तृतीयले २ हजार पुरस्कार पाउने आयोजक समितिका पवन शाहीले जानकारी दिनुभयो । 

खुला नृत्य र लोकदोहोरीमा सहभागिताका लागि समान ३ सय र सिँगारुका लागि ५ सय दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update