Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम उद्योग वाणिज्य संघद्धारा प्रजिअ जिसीलाई शान्ती सुरक्षा र सुव्यवस्था कायम गर्न १३ बुँदे ध्यानाकर्षण  
ध्यानाकर्षण भएका विषयमा कुरा राख्दै प्रजिअ जिसी ।

रुकुम उद्योग वाणिज्य संघले विजय दशमी, शुभ दिपावली, तथा छठ लगायत जिल्लामा लाग्दै आएका विभिन्न मेला पर्वहरुमा शान्ती सुरक्षा र सुव्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण बनाएको छ । बुधबार उद्योग वाणिज्य संंघको कार्यालयमा आयोजना गरिएको शुभकामना आदानप्रदानको अवसरमा संघले विभिन्न १३ बुँदे माग सहित ध्यानाकर्षण बनाएको हो । चाडपर्व नजिकिए सँगै चाडपर्वलाई लक्षित गरेर प्रशासनले प्रभावकारी कार्य गर्नुपर्ने माग सहित विभिन्न विषयमा ध्यानाकर्षण बनाएको रुकुम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले जानकारी दिनुभयो ।

 उहाँका अनुसार चाडपर्व तथा मेला पर्वहरु नजिकिदै गर्दा वर्षातका कारण क्षति पुगेका मोटरबाटोहरु, गोरेटोबाटोहरु समेत मर्मतका लागि सहजीकरण गर्नुपर्ने, चाडपर्वहरुमा अत्याधिक रुपमा प्रयोग हुने खाद्यान्न, दुध तथा मासुजन्य वस्तुहरुको सुद्धताको लागि अनुगमन प्रभावकारी बनाउनुपर्ने, सार्वजनिक यातायतका क्षेत्रमा क्षमता भन्दा बढि यात्रु राख्ने र चेक जाँचका बेला ट्राफिक प्रहरीबाट चिट काट्नुका साथै सचेतना र यातायात व्यवस्थापनमा प्रभावकारी कार्य नभएको सम्बन्धमा धेरै जनगुनासो आएकोमा यातायात व्यवसायी र टाफिक प्रहरीहरुलाई सचेत बनाउनु पर्ने विषय ध्यानाकर्षण बनाएको छ ।

जिल्लामा संचालित विभिन्न मेला पर्वहरुमा अवैध रुपमा जुवातास खेल्ने, घरेलु मदिराको सेवन गरी होहल्ला झै झगडा गर्ने लगायतका अपराधिक कार्य हुन सक्ने भएकाले यस्ता गैरकानुनी कार्य रोक्न सरोकारवालाहरु संग छलफल गरी न्युनिकरणका लागि सचेतता कार्यक्रम सञ्चालन गर्नुपर्ने, त्यस्तै चाडपर्वहरुका समयमा पसलहरु बन्द गरि व्यवसायीहरु घर फर्कने हुँदा बजार क्षेत्र सुनसान हुँदा चोरीका घटनाहरु घट्न सक्ने भएकाले यसको रोकथाम गर्न विषेश सुरक्षा योजना लागु गर्नुपर्ने, चाडपर्वहरुका समयमा अत्यावश्यक रुपमा प्रयोग हुने विद्युत नियमित आपूर्ति गर्न सम्बन्धीत कार्यालयका कर्मचारीहरुलाई आपूर्ति व्यवस्थापनका लागि तयारी गर्न विषेश निर्देशन गर्नु पर्ने विषयमा ध्यानाकर्षण बनाएको छ  । 

चाडपर्वहरुका समयमा उच्च मानवीय चापका कारण हुन सक्ने दुर्घटनाको रोकथाम र दुर्घटना पछि गर्नुपर्ने मानवीय उद्धार समेतको तयारीका लागि समेत सम्बन्धीत निकायहरुसंग छफल गरी पूर्वतयारी गर्नु पर्ने, भूकम्पका कारण जिल्लामा भएको क्षति, पीडितहरुका नाममा आएको राहत तथा सहयोगको सदुपयोग, पारदर्शिता लगायतको अवस्था बारे प्रभावकारी अनुगमन गर्नुपर्ने, सुशासन र भ्रष्टाचार न्यूनिकरणका लागि विभिन्न निकायको सहकार्यमा बहस पैरवी लगायतका सचेतानमुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतको सहजीकरणमा जिल्लामा गठित भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थालाई सकृय रुपमा काम गर्न पहल गर्नुपर्ने, जिल्ला स्थित विभिन्न बजार क्षेत्रमा अनुचित लेनदेनको कारोवार बढीरहेको जसका कारण परीवार र समाजमा विकृति फैलिरहेको अवस्थामा यस्ता कार्य बन्द गराउन पहल गर्नुपर्ने लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीलाई ध्यानाकर्षण बनाएको हो । 

शुभकामना आदानप्रदान सँगै रुकुम उद्योग वाणिज्यले चाडपर्वको अवसरमा ध्यानाकर्षण बनाएका विषय व्यापारी तथा समग्र जिल्लाबासिको हितमा रहेकाले यसमा जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय तदारुकता साथ लाग्र्नुपर्ने प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले बताउनुभयो । चाडपर्वमा हुनसक्ने दुर्घटना तथा अन्य जोखिम न्युनिकरण गर्न समेत प्रशासनले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । विकास निर्माणको विषय उल्लेख गर्दै जिल्लाको विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका योजनाहरुको समेत सदन मार्फत सरकारलाई बेला बेला ध्यानाकर्षण बनाउने गरेको राष्ट्रिय सभा सदस्य रोकायको बताउनुभएको थियो । 

उद्योग वाणिज्य संघले उठाएका केही विषयबस्तुमा प्रशासले  काम गरिरहेको र गर्न बाँकी रहेका कामको ध्यानाकर्षण भएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले बताउनुभयो । चाडपर्व नजिकिएसँगै चाडपर्वको समयमा हुन सक्ने जोखिम तथा दुर्घटनाबाट बच्न स्वंयम आफु सचेत रहनुपर्ने र सवैको सकृयतामा चाडपर्व मर्यादित हुने भएकाले आआफ्नो ठाउँबाट सहयोग गर्नूपर्ने प्रजिअ जिसीले बताउनुभयो । b79c3e14-670a-463a-95b4-7160064a9e70-1728464369.jpeg

त्यस्तै प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नवराज पोखरेले चाडपर्वमा हुन सक्ने दुर्घटना तथा जोखिम कम गर्न प्रहरी परिचालन गरिएको बताउनुभयो । जिल्लामा शान्ती सुरक्षा कायम गर्ने कुरामा निरन्तरण प्रहरी कर्मचारी लागिरहेको  चाडपर्वको समयमा आफु सचेत रहनुपर्ने बताउनुभयो । चाडपर्व नजिकिएसँगै सवारी साधन चेकजाँचलाई समेत कडाई गरिएको डिएपी पोखरेलको भनाई थियो ।

 रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमा राष्ट्रिय सभा सदस्य रोकायको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी जिसी, प्रहरी प्रमुख पोखरेल, पुर्व उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमजङ मल्ल, उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका सचिव रमेश खड्काले गर्नुभएको थियो । 

download-(3)-1728464368.jpeg

cfb350c6-0396-4bbb-9832-6bf5b2a0b6e5-1728463607.jpeg

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update