Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमै भेटिए २४ वटा अक्सिजन सिलिन्डर
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका क्षेत्रका विभिन्न उद्योग तथा  वर्कसपमा २४ वटा प्रयोग गर्न मिल्ने खालका अक्सिजन सिलिन्डर भेटिएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनको क्रममा २४ ओटा प्रयोग गर्न मिल्ने खालका सिलिन्डर भेटिएका हुन् । 

शनिबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मुसीकोट नगरपालिका, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा विभिन्न उद्योग, वर्कसप, तथा ग्यारेजहरुमा प्रयोग गर्न मिल्ने अक्सिजन सिलिन्डर फेला परेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिनुभयो । 

सिलिन्डरहरू तत्काल रिफिल तर्थात अक्सिजन भरेर जिल्ला तथा स्थानीय तहका अस्पतालमा प्रयोगमा ल्याउन स्वास्थ्य सेवाका कार्यालयलाई निर्देशन दिइएको छ । २४ सिलिन्डर रिफिल पछि अस्पतालहरूमा उपचाररत विरामीलाई अक्सिजन व्यवस्थापनमा थप सहज हुने छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update