सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपालगन्ज देखि सल्लीवजार नेटा हुँदै रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी कुमाख गाउँपालिकाको वडा नम्बर १ वुरेली खोला नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
१७ जना घाइतेहरू मध्य २ जनालाई अस्पतालले थप उपचारको लागि नेपालगन्ज रेफर गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर निमरोद लिम्बुले जानकारी दिनुभयो । अन्य एक जना पनि थप उपचारको लागि नेपालगन्ज गएका छन् ।
अन्य घाइतेहरूको केहीलाई अस्पतालले चेकजाँच पछि घर पठाएको र बाँकी ७ जनाको अस्पतालले बताएको छ । घाइतेहरूको टाउको, हात, खुट्टा, ढाड, लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हुन सक्ने सल्यान प्रहरीले बताएको छ । गाडी चालक र सहचालक भने फरार रहेका छन् । गाडी दुर्घटनामा परी घाइते हुनेहरूको विवरण यस प्रकार रहेको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा सल्यानको कुमाख गाउँपालिका ३ निवासी ६० वर्षीय बसन्ता भारती, वडा नम्बर ४ निवासी गीता बुढा, २२ वर्षीय सुशान्त राणा, सोही पालिका वडा नम्बर १ निवासी ३० वर्षीय विशाल चन्द, १२ वर्षीय सलिना शाही,२२ वर्षीय सम्झना भारती, २५ वर्षीय हरिभक्त सुनार, २२ वर्षीय दीपक योगी, २१ वर्षीय सुजाता बुढाथोकी, १८ वर्षीय विनीता नाथ योगी, २० वर्षीय विन्दुनाथ योगी रहेका छन् ।
त्यस्तै कुमाख गाउँपालिका वडा नम्बर ३ निवासी १५ वर्षीय विनोद नाथ योगी, वडा नम्बर ४ निवासी ३४ वर्षीय घनश्याम के.सी, चौरजहारी नगरपालिका वडा नम्बर १ रुकुम पश्चिम निवासी,३५ वर्षीय सुस्मिता आचार्य, २४ वर्षीय स्वस्तिका आचार्य, १६ वर्षीय सुदिप गौतम र ३३ वर्षीय त्रिलोचन गिरी रहेका छन् ।
चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले दुर्घटनामा परी चौरजहारी अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।