Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा चालु आर्थिक वर्षमा मात्रै ३९ व्यक्ती हराए
फाइल फोटो ।

पश्चिममा चालु आर्थिक वर्षमा मात्रै ३९ जना व्यक्ती हराएका छन् । जिल्लाका विभिन्न ठाउँबाट चालु आर्थिक वर्षको साउन देखि हालसम्म ३९ व्यक्ती हराएका हुन् । साउन १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न ठाउँबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक गरेर ३९ जना व्यक्ती हराएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

हराएका व्यक्तिका आफन्तले दिएको निवेदनका आधारमा जिल्लामा उक्त व्यक्ती हराएको प्रहरीले तथ्याङ्कमा उल्लेख गरेको छ । हराएका मध्ये २६ जनाको प्रहरीले खोज कार्य गर्दा फेला पारी आफन्तको जिम्मा लगाइसकेको छ । भने १३ जना अझै हराइरहेका छन् । ती हराइरहेका व्यक्तिको पनि खोज कार्य भइरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

यसै बिच चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले २१ वटा नागरिकता थर संशोधन मुचुल्का, पाँच नाल अवैध भरुवा बन्दुक बरामद, ४ सय ८० सवारी साधन कारबाही गरेको छ । सवारी साधन कारबाहीबाट ५ लाख ७ हजार ५ सय राजश्व सङ्कलन गरेको जनाएको छ । साउनदेखि यता जिल्लाका विभिन्न ठाउँमा ८१ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गर्नुका साथै उक्त सचेतना कार्यक्रमबाट ३ हजार ९ सय ५२ व्यक्ती लाभान्वित भएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update