Kakhara सबैको खबर सम्पूर्ण खबर
छैटौँ शिद्ध गुफा गोल्ड कपको उपाधि एफ.सी कलेक्सनलाई 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा आयोजित छैटौँ शिद्ध गुफा गोल्ड कप सेभेन ए साइड फुटबलको उपाधि एफ.सी कलेक्सनले जितेको छ । बराहटाकुरामा बिहीबार भएको फाइनलमा योङ्ग ब्वाइज एफ.सी.लाई पराजित गर्दै एफ.सी. कलेक्सन विजेता बनेको हो । फाइनलमा उ ३-१ गाेलले विजयी भयो । विजेता एफ.सी. कलेक्सनले नगद ६६ हजार ६ सय ६६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता योङ्ग ब्वाइज एफ.सी.ले नगद ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सल्ले यूथ क्लबले जनाएको छ । मैदान सानो भएकोले सेभेन ए साइडमा खेलाइएको आयोजकको भनाई छ । त्यस्तै प्रतियोगितामा विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी एफ.सी. कलेक्सनका विजय लामा बनेका छन् ।

सर्वाधिक गोलकर्ता एफ.सी. कलेक्सनका टीकाराम सुनार, वेष्ट डिफेन्डर एफ.सी. कलेक्सनका प्रवेश ओली, वेष्ट गोल रक्षक योङ्ग ब्वाइज एफ.सी.का आशीष केसी र योङ्ग प्लेयर सल्ले यूथ क्लबका आकाश बुढाथोकी घोषित भएका छन् । त्यस्तै फेयर प्ले अवार्ड सल्ले यूथ क्लब बि ले पाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update