Kakhara सबैको खबर सम्पूर्ण खबर
मठ-सल्ले जाेड्ने झाेलुंगे पुलबाट हामफालेर एक युवकले गरे आत्महत्या !

रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जाेड्ने झाेलुंगे पुलबाट हाम फाल्दा एक युवककाे मत्यु भएकाे छ । आज अपरान्ह करिब ४ बजेतिर एक युवकले पुलबाट हाम फालेकाे प्रहरीले जनाएकाे छ ।

Screenshot_20241012-173931_Video-Player-1728734182.jpg
उक्त व्यक्ति मुसिकाेट १ सल्लेका ३७ वर्षीय बुदिराम बाेहरा रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयाे । हातमा काेमल नामकाे ट्याटु हानेकाे र शव नजिकै फेला परेकाे राताे ज्याकेटमा बुदिराम बाेहरा नाम भएकाे नागरिकता फेला परेकाे पाठककाे भनाई छ । घटनास्थलमै मृत्यु भएकाे र अहिले शव निकाल्ने काम भइरहेकाे उहाँले बताउनुभयाे । 

Screenshot_20241012-173952_Gallery-1728734189.jpg
 


प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update