Kakhara सबैको खबर सम्पूर्ण खबर
पोषणका लागि चल्ला वितरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत पोषण अवस्था सुधारका लागि हजार दिनका घरपरिवारलाई ८ हप्ते उन्नत कुखुराको चल्ला वितरण गरिएको छ  । १०, ११, १२, १३ र १४ मा रहेका हजार दिन तथा विपन्न परिवार अन्तरगत सुनौलो हजार दिनका घरपरिवार छनौट गरी चल्ला वितरण गरिएको हो ।  प्रति परिवार ५ वटाका दरले १ सय ३० घर परिवारलाई ११ सय ५० र २० नमुना कृषक छनौट गरी प्रति परिवार १० का दरले २०० गरी कुल १३ सय ५० वटा चल्ला आज वितरण गरिएको हो ।

सुरुवात अवस्थामा रहेको कुपोषणले भविष्यमा समेत निको नहुने खालको समस्याहरु समेत निम्त्याउन सक्ने र त्यसबाट सृजित कुपोषण चक्रले भविष्यको गरीबीलाई समेत निर्देशित गर्ने गर्दछ । बालबालिकाको पोषण स्थितिलाई आमाहरुको पोषण अवस्थाले पनि निर्धारण गर्ने गर्दछ । यसैले महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनाको बजेटबाट चल्लो वितरण गरेको हो ।

पोषण योजनाको  २ लाख ७७ हजार ७ सय ७५ आर्थिक सहयोग तथा चौरजहारी नगरपालिका बहुक्षेत्रीय पोषण योजनाको  ८० हजार विनियोजित रकमबाट चल्ल खरिद गरी ति घरपरिवारलाई वितरण गरेको हो । पोषण अवस्था सुधारका लागि बहुक्षेत्रीय पोषण योजनासँगको सहकार्यमा हजार दिनका घरपरिवारका कुखुरा वितरण, कुखुराको चल्ला वितरण, पोषिलो  झोला वितरण लगायतका सचेतनामुलक कार्यक्रमहरु गर्दे आएको छ । यस आर्थिक बर्षमा नगरभित्र बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालनको लागि मन्त्रालयले २२ लाख ५३ हजार र चौरजहारी नगरपालिकाले ७ लाख ६० हजार रुपैया विनियोजन गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update