Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड कात्तिक ९ गतेदेखि 
फाइल फोटो ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यही कात्तिक ९ गतेदेखि १२ गतेसम्म छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन लागेको हो । शिल्डमा माध्यमिक तह कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको सानीभेरी गाउँपालिका  शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भूपालसिंह विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार राष्ट्रपति रनिङ शिल्ड छात्र, छात्रा भलिबल, छात्र, छात्रा दौड  १ सय मिटर, २ सय मिटर, ४ सय मिटर,  ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौड प्रतियोगिता सञ्चालन हुनेछन् । त्यस्तै छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो,. शटपुट , तेक्वान्दो र कराँतेका सम्पूर्ण खेलहरू सञ्चालन हुने शाखा प्रमुख विष्टले जानकारी दिनुभयो । 

भलिबल प्रतियोगितामा सहभागी खेलाडीले तेक्वान्दो, कराँते र एथलेटिक्स तर्फका खेलमा सहभागी हुन नपाउने सानीभेरी गाउँपालिका  शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update