Kakhara सबैको खबर सम्पूर्ण खबर
गैरिनेटा मेलामा विविध  खेलकुद प्रतियोगिता हुने 
फाइल फोटो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ र मुसिकोट नगरपालिका वडा नम्बर ९ को संगमस्थल गैरिनेटामा परम्परागत रूपमा लाग्दै आएको स्थानीय मेला यस वर्ष पनि लाग्ने भएको छ । यही कात्तिक ६ गतेदेखि ८ गतेसम्म मेला लाग्ने भएको हो । मुसिकोट नगरपालिका ९ हिलका स्थानीयहरूले  मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गरेका छन् । 

मेलाको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल, लोक दोहोरी, एकल नृत्य र घैँटो फोर प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष दिलीप ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नगद ८५ हजार सहित कप मेडल प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ४० हजार सहित कप मेडल प्रमाणपत्र र तेस्रो पुरस्कार नगद २० हजार सहित कप मेडल र प्रमाणपत्र रहेको छ । दर्ता शुल्क भने ८ हजार रहेको छ । 

त्यस्तै लोकदोहोरी प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहलाई ४ हजार, दोस्रो स्थान प्राप्त गर्ने समूहलाई २ हजार ५ सय र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई १५ सय सहित प्रमाण पत्र व्यवस्था गरिएका छ । एकल नृत्यमा प्रथम स्थान प्राप्त गर्नेलाई ३ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई २ हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई १५ सय सहित प्रमाणपत्र रहेको छ । लोक दोहोरीको दर्ता शुल्क ४ सय रहेको छ । भने एकल नृत्यको दर्ता शुल्क ३ सय रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष ओलीले जानकारी दिनुभयो । 

त्यसै गरी घैँटो फोर प्रतियोगितामा विजेता हुनेले नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १ सय रहेको छ । उद्घाटन समारोहका दिन स्थानीय झाकी, आमा समूहको नाच र मयुर नाच प्रदर्शन गरिनुका साथै उचित पुरस्कारको समेत व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । मुसिकोट नगरपालिका ९ र त्रिवेणी गाउँपालिका २ को सिमानामा पर्ने भएकाले हरेक वर्ष मुसिकोट र त्रिवेणीले गैरिनेटामा आलोपालो मेला लगाउँदै आएका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update