Kakhara सबैको खबर सम्पूर्ण खबर
हाम्रो सरोकारको पहलमा प्रहरी चौकी साँखको भवनका लागि जग्गा खरिद
जग्गाकाे लालपुर्जा हस्तान्तरण गरिदैँ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ को साँखमा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा उपलब्ध भएको छ । वडामा रहेको हाम्रो सरोकारको पहलमा प्रहरी चौकीको भवन निर्माणका लागि १४ सय ६५ वर्ग मिटर जग्गा उपलब्ध भएको हो । उक्त जग्गा ६९ औँ प्रहरी दिवसका अवसरमा बुधवार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

हाम्रो सरोकारका महासचिव प्रकाश विक, नेपाली काँग्रेसका वडा सभापति नवराज विष्ट र समाजसेवी इन्द्रकुमार कामीले संयुक्त रूपमा जग्गाको लालपुर्जा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेललाई हस्तान्तरण गर्नुभयो । मुसिकोट ७ र आसपासको क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरी भवन निर्माण आवश्यक परेकोले भवनका लागि जग्गाको व्यवस्था गरेको हाम्रो सरोकारका महासचिव विकले बताउनुभयो ।

Jagga-1729066137.jpg
जग्गा उलब्ध गराउने हाम्राे सराेकारलाई सम्मान गर्दै डिएसपी नवराज पाेखरेल ।

उहाँका अनुसार संस्थाको कोष, स्थानीय तथा विभिन्न सहयोगीदाताहरूबाट सहयोग जुटाएर ५ लाख मूल्य बराबरको जग्गा व्यवस्था गरिएको हो । यसमा ३ सय २५ जना सहयोगीदाताहरूले सहयोग गरेको विकले जानकारी दिनुभयो । देश तथा विदेशमा रहेका व्यक्तिहरूबाट सङ्कलन भएको सहयोग रकम र संस्थाको कोषबाट मध्यपहाडी लोकमार्गसंगै जोडिएको जग्गा खरिद गरेर हस्तान्तरण गरिएको उहाँको भनाई छ ।

जग्गा उपलब्ध गराएकोमा जिल्ला प्रहरी कार्यालयले धन्यवाद ज्ञापन गरेको छ । जग्गाका लागि पहल गर्ने हाम्रो सरोकारलाई सम्मान पत्रले सम्मान समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update