Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला ट्राफिक  प्रहरी कार्यालय सहित ११ प्रहरी युनिट भाडाको भवनबाट सञ्चालन, सेवा प्रवाहमा समस्या

रुकुम पश्चिममा प्रहरीले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको छ । भाडाको घरबाट सेवा प्रवाह गर्दा विभिन्न समस्या हुने गरको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सहित जिल्लामा प्रहरी पोष्ट, प्रहरी चौकी र इलाका प्रहरी कार्यालय गरी २४ वटा युनिटबाट सेवा प्रवाह गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार २४ मध्ये ११ युनिटले भाडाको भवनबाटै सेवा प्रवाह गरिरहेका छन् । भाडाको भवनबाट सेवा प्रवाह गर्दा प्रहरी कर्मचारीलाई बसाइ व्यवस्थापनमा समस्या हुनका साथै सुरक्षाको हिसावले पनि जोखिम हुने गरेको डिएसपी पाेखरेलकाे भनाई  छ । भाडाको भवनबाट सेवा प्रवाह भइरहेका युनिटमा प्रहरीको आफ्नै भवन निर्माण गर्न स्थानीय सरकार लगायत सम्बन्धित सरोकारवालाई समेत बेला बेला ध्यानाकर्षण बनाउने गरेकाे उहाँले बताउनुभयाे ।

जिल्लामा हालसम्म जिल्ला प्रहरी कार्यालयको भवन सहित ७ ठाउँमा प्रहरीका आफ्नै भवन रहेका छन् । भने स्थानीय तह तथा अन्य संघसंस्थाको सहयोगबाट प्रहरी पोष्ट छिङ, छिवाङ, स्यालाखदी सहित अन्य ६ ठाउँमा प्रहरी चौकीका निर्माण भएका छन् । आफ्नै भवन निर्माण भएका ठाउँबाट सेवा प्रवाह गर्न सहज भएपनि हालसम्म भाडाको भवनबाट सेवा प्रवाह गरिरहेका इलाका प्रहरी कार्यालय आठविसकोट, इलाका प्रहरी कार्यालय बाँफिकोट, जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट सेवा प्रवाह गर्न समस्या हुने गरेको छ ।

त्यस्तै प्रहरी चौकी पुर्तिकाडा, सर्केना, मग्मा नदुवा, झुलखेत, झुल्नेटा, गोतामकोट, नुवाकोट र जिल्ला प्रहरी कार्यालयको महिला व्यारेक समेत भाडाको भवनबाट सञ्चालन भइरहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

905x525-IMG_20240523_WA0002-1729155387.jpgभाडामा रहेकाे प्रहरी चौकी गाेतामकाेट ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update