Kakhara सबैको खबर सम्पूर्ण खबर
चाडपर्वलाई लक्षित गरी टोलटोलमा खेलाडीलाई खेलकुद सामग्री 
खेलाडीलार्ई खेलकुदका सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले खेलाडीलाई लक्षित गरी टोल  टोलमा खुेलकुदका सामग्री वितरण गरेको छ । दशैं तिहार मनाउन गाउँ आएका युवाहरुलाई भलिवल खेलमा प्रोत्साहन गर्न वडाले खेलकुदका साम्रमी वितरण गरेको हो । वडामा रहेका ६ टोलका युवाहरुलाई खेलकुद सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रत्येक टोलमा एक एक वटा दरले जाली, बल र पम्प विततरण गरिएको वडा सदस्य बुद्धिराम रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार खड्का टोल, झाडडारी, गलमपाटी, नमुना वस्ती, कामी बुढा टोल र चौर टोलका युवाहरुलाई खेलकुद सामग्री वितरण गरिएको हो । वडाको आन्तरिक सा्रेतबाट व्यवस्थापन गर्ने गरी करिव ४० हजार रुपैयाँ बराबरका खेलकुद सामग्री वितरण गरिएको उहाँको जानकारी दिनुभयो । 

चाडपर्वको समयमा युवाहरु गाउँमा जम्मा हुने भएकाले युवाहरुलाई मनोरञ्जनको साथै खेलमा बेस्त राख्नका  लागि खेलकुद सामग्री वितरण गरिएको हो । चाडपर्वमा जुवा तास र कुलतमा लाग्ने जोखिमलाई मध्यनजर गर्दै युवाहरु  खेलकुदमै समय विताउन भन्ने उदेश्य युवाहरुलाई खेलकुद सामग्री वितरण वडाले जनाएको छ । यसले वडाको खेदकुद क्षेत्रमा विकास हुनुका साथै  खेलाडीहरुलाई प्रोत्सान समेत हुने वडाले  अपेक्षा गरेकाे छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update