असिना पानीले तरकारी र फलफुल खेतिमा क्षति

आज दिउँशो परेको असिना पानीले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ३ र ६ का विभिन्न ठाउँहरुमा क्षति गरेको छ । असिना पानीले वेमौसमि तरकारी बाली र फलफुल खेतिमा ठुलो क्षति गर्दा कृषकहरु चिन्तित भएका छन् । वेमौसमि बालीहरु मकै, सिमि, काक्रा, स्कुस, भिन्डि र फलफुलमा सुन्तला, कागति, मौसम, अनार लगायतमा क्षति पुगेको कृषकहरुको भनाई छ । आज दिउँसो २ बजे देखि असिना पर्न सुरु भएको थियो । करिब १ घन्टासम्म परेको असिनाले त्रिवेणी ३ र ६ का साथै अन्य ठाउँमा पनि क्षति गरेको स्थानीय गोपाल ओलीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८ १८:४०
प्रतिक्रिया दिनुहोस्