Kakhara सबैको खबर सम्पूर्ण खबर
गलमपाटीमा तरकारीको उत्पादन बढेसँगै जिल्ला बाहिर पठाउन थालियो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० गलमपाटीमा उत्पादन भएकाे तरकारी जिल्ला बाहिर जान थालेको छ । कृषकले व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि गलमपाटीमा उत्पादन भएको तरकारी जिल्ला बाहिर पठाउन थालिएको हो । पछिल्लो समय गलपाटीमामा तरकारी खेती गर्ने किसानको संख्या समेत बढेको छ । त्यहाँ करिव १५ भन्दा बढी किसानले तरकारी खेती गर्दै आएका छन् । 

गलपाटीमा कृषकले फुलगोभी, बन्दगोभी, केराउ लागायतका तरकारी उत्पादन गर्ने गरेको वडा सदस्य बुद्धिराम रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार पुराना कृषक किर्तिनिधी केसीले अन्य कुषकको तुलनामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । बैदेशिक रोजगारीकाट फर्किएर उहाँले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती थाल्नु भएको छ । कृषक केसीले उत्पादन गरेको तरकारी दाङ बुटवलसम्म जाने गरेको उहाँको भनाई छ । 

विहिबार मात्रै कृषक केसीले ४० क्विन्टल बन्दगोभी बुटवल पठाउनुभएको छ । बाँकी १० क्विन्टल खलंगा बजारमै विक्री गरेको कृषक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बारीमा बिक्री गर्न १०/१५ क्विन्टल गोभी अझै  बाँकी छ । जिल्ला प्रति क्विन्टल ३ हजार रुपैयाँमा विक्री हुने गरेमा जिल्ला  बाहिर त्यो भन्दा बढी मुल्यमा विक्री हुुने भएकाले जिल्ला बाहिर पठाएकाे उहाँले बताउनुभयो । 

तरकारी खेतीबाटै वार्षिक ३ देखि ४ लाख  रुपैयाँ सम्म आम्दानी गर्ने गरेको  कृषक केसीले बताउनुभयो । गलमपाटीमा रहेका अन्य ७/८ जना कृषकले भने कमै मात्रमा तरकारी खेती गर्ने गरेको वडाले जनाएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर वडाले कुषकलाई विभिन्न अनुदानका कार्यक्रम मार्फत सहयोग  गरिरहेकाले वडामा कृषिजन्य बस्तु उत्पादनमा किसानको आर्कषण बढ्दै गएकाे वडा कार्यालयले जनाएको छ । 462456833_533100289467360_7453517507889414256_n-1729245584.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update