Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्मामा एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला, घटना शङ्कास्पद !

रुकुम पश्चिममा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माकी ५० बर्सिया देउरुपा खड्का आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । देउरुपा शुक्रवार बेलुका ८ बजेतिर आफ्नै घरको भुइँतलाको कोठामा झुन्डिएको अवस्थामा फेला परेको खबर आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

घटना शङ्कास्पद देखिएको डिएसपी पोखरेलले बताउनुभयो । आँखामा चोट लागेकोले घटना शङ्कास्पद देखिएको र घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक बखतबहादुर शाहीको टोली घटनास्थलमा खटिएको उहाँले बताउनुभयो । 'झुन्डिएको छ भन्ने खबर आयो, प्रहरी टोली घटनास्थलमै छ, आँखामा चोट देखिएकोले घटना शङ्कास्पद देखिएको छ, अनुसन्धान भइरहेको छ, सबै खुल्दै जाला, डिएसपी पोखरेले भन्नुभयो ।'

घटनास्थलको सूक्ष्म अनुसन्धान र मुचुल्का तयार पार्ने लगायतको काम भइरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update