Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपा रुकुम पश्चिमको प्रथम जिल्ला भेला आज 

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला भेला आज हुँदै छ । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा मध्यान्ह १२ बजेदेखि जिल्ला भेला सुरु हुने पार्टीका सङ्गठन विभाग सदस्य इन्जिनियर मानबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भेलाको उद्घाटन पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गर्नुहुने छ ।

भेला खलङ्गाको बाल मन्दिरमा हुँदै छ । उहाँसँगै भेलाका लागि पार्टीका कर्णाली प्रदेश महामन्त्री ललित चन्द, सहमहामन्त्री तथा प्रवक्ता हरिप्रसाद अधिकारी, पार्टीका मानव संशोधन विकास विभागका उपप्रमुख पवनराज देवकोटा लगायतका नेताहरू पनि जिल्ला पुगेको शाहीले जानकारी गराउनुभयो । उहाँका अनुसार भेलाबाट पार्टीको नयाँ नेतृत्व चयन गरिने छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update