Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपा रुकुम पश्चिमको सभापतिमा शाही चयन

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम भेला सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ बाल मन्दिरमा भएको भेलाले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । भेलाबाट इन्जिनियर मानबहादुर शाही सभापति बन्नुभएको छ । 

जिल्ला कार्यसमिति एक जना पछि थप्ने गरी १३ सदस्यीय रहेको छ । यो तदर्थ समिति रहेको बताइएको छ । जसको उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा शेखर चन्द, सह सचिवमा मना खड्का गिरी र  कोषाध्यक्षमा रमिता खड्का चयन हुनुभएको छ ।

सदस्यहरूमा प्रवीण बुढाथोकी, नीरज गिरी, चन्द्रबहादुर ओली, सुनिल मल्ल चयन हुनुभएको छ । त्यस्तै  पवन ओली, दीपेन्द्र विष्ट, शान्ति गिरी र सुमि मल्ल पनि सदस्यमा चयन हुनुभएको छ । जिल्ला भेलाबाट आज निर्माण गरिएको तदर्थ समितिले आगामी पार्टीको महाधिवेशन सम्मको लागि काम गर्ने र त्यस पश्चात् जिल्लामा नयाँ कार्यसमिति निर्माण हुने जिल्ला पार्टी सभापतिमा शाहीले जानकारी दिनुभयो । 

जिल्ला सभापति शाहीको अध्यक्षतामा भएको जिल्ला भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियारको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका कर्णाली प्रदेश उपसभापति प्रेम बोहरा, महामन्त्री ललित चन्द, मानव संशोधन विभाग प्रमुख पवनराज देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update