Kakhara सबैको खबर सम्पूर्ण खबर
९० वर्षमाथिका जेष्ठ नागरिकलाई नगदसहित थर्मस

रुकुम पश्चिममा ९० वर्षमाथिका जेष्ठ नागरिकलाई नगदसहित थर्मस  प्रदान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १२ का ३ जना ९० वर्षमाथिका  जेष्ठ नागरिकलाई थर्मस र नगद रकम प्रदान गरिएको हो । जेष्ठ नागरिक मञ्च मुसिकोट नगरपालिकाले वडा नम्बर १२ का ९० वर्षमाथिका ३ जना धनसरी डाँगी, भर्दविर ओली र चम्पा ओलीलाई घरमै पुगेर थर्मस  र नगद ५ सय रुपैयाँ सहित सम्मान गरेको वडा अध्यक्ष धिरण सिर्पालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जेष्ठ नागरिक मञ्च मुसिकोट नगर अध्यक्ष लक्ष्मण शर्मा, सदस्य भिमबहादुर खड्का लगायतको समुहले घरमै पुगेर उहाँहरुलाई थर्मस  तथा नगद सहित सम्मान गरको हो । चिसो मौसममा आश्यक पर्ने तातो पानी पिउनको एक एक वटाका दरले जेष्ठ नागरिकले थर्मस  पाएको र यसले जेष्ठ नागरिकलाई चिसो मौसममा तातो पानीको लागि सहज हुने वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । 

९० वर्षमाथिका जेष्ठ नागरिकलाई थर्मस  सहित नगद रकम प्रदान गर्ने मुसिकोट जेष्ठ नागरिक मञ्चालाई वडाले धन्यवाद समेत  ब्यक्त गरेको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update