Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा कोभिड १९ विरुद्धको खोप सेवा सञ्चालन हुने 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा कोभिड १९ विरुद्धको खोप सेवा सञ्चालन हुने भएको छ । यही कात्तिक ५, ६ र ७ गते पालिकाको विभिन्न ठाउँमा कोभिड विरुद्धको खोप सेवा सञ्चालन हुने भएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज १७ गतेको नयाँ खोप तालिका स्वीकृत भए बमोजिम कोभिड १९ बिरुद्धको फाइजर खोप सेवा सञ्चालन गर्न लागिएको त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप निर्देशिकाले तोके अनुसार १२ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई खोप सेवा प्रदान गरिनेछ । खोप पालिकामा रहेका १० वटै वडामा रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुकाट प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले जानकाारी दिनुभयो । खोप सेवा प्रत्येक वडाको ३ ठाउँबाट फरक फरक दिन प्रदान गरिनेछ । कोभिड १९ विरुद्धको खोप सञ्चालन विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले जनाएको छ । 

463816035_544495085206539_3825996198072296160_n-(1)-1729415964.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update