Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपा  सभापति लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पक्राउ परेको दिन शुक्रबारदेखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । 

अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुन: म्याद थपको अनुमति लिनु पर्दछ । गत शुक्रबार सभापति लामिछानेलाई प्रहरीले पार्टी कार्यालयबाट प्रक्राउ गरेको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update