Kakhara सबैको खबर सम्पूर्ण खबर
सासंद ओलीद्धारा एक महिनाको पारिश्रमिक कोरोना नियन्त्रणका लागि सहयोग 
प्रदेश सभा सदस्य तेजवहादुर ओली ।

रुकुम पूर्व प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तेजबहादुर ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक महिनाको पारिश्रमिक वापतको रकम सहयोग गर्नुहुने भएको छ । उहाँले कोरोना रोेकथामको लागि एक महिनाको पारिश्रमिक वापतको रकम ५० हजार जिल्ला विपद् कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो । शनिबार जिल्ला समन्वय समितिको कार्यालयमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठकमा उहाँले यस्तो घोषणा गर्नुभयो । 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update