Kakhara सबैको खबर सम्पूर्ण खबर
बराहाटाकुरामा पाँच दिने  वृहत योग विज्ञान शिविर सुरु 

रुकुम पश्चिमकाे  मुसिकोट नगरपालिका वडा नम्बर १ बराहाटाकुरा खेल मैदानमा पाँच दिने वृहत् निशुल्क योग बिज्ञान शिविर सुरु भएको छ । सोमबारबाट वृहत् निशुल्क योग बिज्ञान शिविर सुरु भएको हो । सोमबारबाट सुरु भएको निः शुल्क योग शिविर शुक्रबारसम्म चल्ने छ । 

मुसिकोट नगरपालिकाको आयोजना गरेको योग शिविरमा  पंतजलि योग समिति नेपालले सहकार्य गरेको मुसिकोट नगरपालिकाले जनाएको छ  । शिविर विहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छ । योग शिविरले  शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने पतंञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले जानकारी दिनुभयो ।

मानव जिवनमा योगको महत्वपूर्ण भुमिका हुने भएकाले स्वच्छ रहन योगको आवश्यकता रहेको उहाँले बताउनुभयो । योग शिविरको प्रशिक्षक समेत मिश्रले गरिरहनु भएको छ । योग शिविररमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायत सर्वसाधारणको सहभागिता रहेको  थियो । 

464144657_573844378451063_5528493228031866706_n-1729487842.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update