Kakhara सबैको खबर सम्पूर्ण खबर
छिवाङमा मंगलवार देखि व्यापारिक तथा सांस्कृतिक मेला हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ सादनचौरमा व्यापारिक तथा सांस्कृतिक मेला हुने भएको छ । मंगलवार देखि दसैँ तिहार विशेष छिवाङ सादनचौर व्यापारिक तथा सांस्कृतिक मेला २०८१ हुने भएको हो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले जनाएको छ ।

मेलामा राष्ट्रिय कलाकारहरू गायिका ज्योति मगर, नायक दिलीप रायमाझी, गायक चन्द्र शर्मा, गायक बद्री पङ्गेनी, गायक राम जी खाँड, गायक सुमन विटी, गायक प्रकाश दूतराज, गायक श्याम राना, गायिका अस्मिता डल्लाकोटी, गायिका सिमरन परियार, गायिका जालुमाया गुरुङ लगायतका कलाकारहरूको प्रस्तुति रहने मेला संयोजक रमेश गिरीले जानकारी दिनुभयो ।

नियमित रूपमा लाग्दै आएको दसैँ तिहार विशेष स्थानीय सादनचौर मेलाको अवसरमा मेला आयोजना गरिएको हो । मेलाको तयारी पूरा भएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । मेलाको संरक्षकमा मुसिकोट नगरपालिका रहेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update