Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगालाई हराउँदै सल्ले विजेता 
सल्ले यूथ क्लब ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगाको बराहटाकुरामा आयोजित फुटबलको उपाधि सल्ले यूथ क्लबले जितेको छ । आइतबार भएको फाइनलमा खलंगालाई पराजित गर्दै सल्लेले उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा सल्ले ३–२ ले विजयी भएको हो । २–० ले पछि परेको अवस्थामा सल्लेले उत्कृष्ट पुनरागमन गरेको थियो । बिजेता सल्लेले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता खलंगाले नगद १२ हजारमा चित्त बझाएको छ । तिहारको अवसर पारी रुकुम पश्चिम वक्सिङ संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सेभेन ए साइडमा खेलाइएको आयोजक रुकुम पश्चिम वक्सिङ संघका अध्यक्ष शिलास पुनले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update