Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश स्तरीय १९ वर्ष मुनिकाे क्रिकेट छनाेट सुरू

वाइवाई १९ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनाेट सुरू भएकाे छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रतियाेगिता सुरू भएकाे हाे ।

कर्णाली प्रादेशिक क्रिकेट संघले आयाेजना गरेकाे प्रतियाेगीताकाे कर्णाली पर्देशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभएकाे हाे । प्रतियोगितामा कर्णाली प्रदेशका ५ जिल्ला सुर्खेत, रूकुम पश्चिम, सल्यान, दैलेख र कालिकाेटका १९ वर्षमुनिका टीमकाे सहभागिता रहेकाे छ । प्रतियोगिता वीरेन्द्रनगरकाे कालिञ्चाेक क्रिकेट मैदानमा चलिरहेकाे छ ।

प्रतियाेगितामा मंगलबार दई खेल भएकाे कर्णाली प्रादेशिक क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिनुभयाे । उहाँका अनुसार पहिलाे दिन सुर्खेत र सल्यान विजयी भएका छन् । उद्घाटन खेल समूह बि काे सुर्खेत र रूकुम पह्चिमका बिचमा भएकामा सुर्खेत ७ विकेटले विजयी भयाे । अर्काे खेलमा समूह ए काे सल्यान र दैलेखका बिचमा भएकाे खेलमा सल्यान २७ रनले विजयी भयाे ।

भाेली बुधबार पहिलाे खेल समूह ए काे सल्यान र कालीकाेट तथा दाेस्राे खेल कालिकाेट र दैलेखका बिचमा हुने छ । समूह बि बाट सुर्खेत विजेता र रूकुम पश्चिम उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । भने समूह ए बाट सेमिफाइनल पुग्ने टीमकाे बुधबार टुंगाे लाग्ने छ । फाइनल शुक्रबार हुने छ । याे प्रतियाेगिताबाट वाइवाई १९ वर्षमुनिकाे राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेशकाे टिम बनाइने छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update