Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीमा क्रिकेटको जिरो लेभल अम्पायर र स्काेरिङ तालिम सुरु

कर्णाली प्रदेशमा क्रिकेटको जिरो लेभल अम्पायर र स्काेरिङ तालिम सुरु भएको छ । कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा तालिम सुरु भएको हो ।

तालिममा कर्णाली प्रदेशका १५ जनाको सहभागिता रहेको छ । तालिममा जिरो लेभलको क्रिकेट अम्पायर र स्काेरर तालिम प्रदान गरिने कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय स्तरका प्रशिक्षकबाट प्रशिक्षण भइरहेको छ । तालिम बिहीबारसम्म सञ्चालन हुने छ । यो तालिमले कर्णालीमा क्रिकेटका प्राविधिक उत्पादन हुने र यसले क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update