Kakhara सबैको खबर सम्पूर्ण खबर
परम्परागत रुपमा लाग्दै आएको गैरिनेटा मेला सुरु 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ र मुसिकोट नगरपालिका वडा नम्बर ९ को संगमस्थल गैरिनेटामा परम्परागत रूपमा लाग्दै आएको स्थानीय गैरिनेटा मेला सुरु भएको छ ।  मेलाको मंगलबार कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले उद्घाटन गर्नुभयो । मेला उद्घाटन कार्यक्रममा स्थानी झाँकी, आमा समुह र मयूर नाच प्रर्दशन गरिएको थियो ।

मेला मंगलबारबाट सुरु भएपनि खेलकुदका कार्यक्रमहरु आजबाट सुरु भएको मेला व्यस्थापन समितिकाले जनाएको छ । मेला कात्तिक ९ गतेसम्म सञ्चालन हुने आयाेजकले जनाएकाे छ। मेलामा आयाेजना गरिएकाे खुला वडा स्तरीय पुरुष भलिबल  प्रतियोगितामा  रुकुम रोल्पा सहित २२ समुहले सहभागिता जनाएको खेल संयोजक रक्की ओलीले जानकारी दिभयो ।

उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ८५ हजार सहित कप मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो स्थान प्राप्त गर्ने समुहले नगद ४० हजार सहित कप मेडल प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्ने सहुले नगद २० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै मेलामा लोक दोहोरी, एकल नृत्य र घैँटो फोर प्रतियोगिता आयोजना गरिएको खेल संयोजक ओलीले जानकारी दिनुभयो ।

लोकदोहोरी प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूले ४ हजार, दोस्रो स्थान प्राप्त गर्ने समूहले २ हजार ५ सय र तेस्रो स्थान प्राप्त गर्ने समूहले १५ सय पुरस्कार सहित प्रमाण पत्र  पाउनेछन् । त्यस्तै  एकल नृत्यमा प्रथम स्थान प्राप्त गर्नेलाई ३ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई २ हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई १५ सय सहित प्रमाणपत्रको व्यवव्यस्था गरिएको छ ।  घैँटो फोर प्रतियोगितामा विजेता हुनेले नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । 

मेला  व्यवस्थापन समितिका अध्यक्ष अजय ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिका  ९ नम्बर वडा अध्यक्ष शशिराम पुन, १० नम्बर वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’, ९ नम्बर वडा सदस्य ओपेन्द्र ओली, त्रिवेणी गाउँपालिका २ नम्बर वडा सदस्य भिमदत्त बुढाथोकि,  डिप्लोमा इन्जिनियर्स एसोसिएशन रुकुम पश्चिमका अध्यक्ष विनोदराज ओली, लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रकमको सञ्चालन मेला व्यवस्थापन समितिका सदस्य सन्तोश ओलीले गर्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update