Kakhara सबैको खबर सम्पूर्ण खबर
यू-१९ छनाेट: सेमिफाइनलमा सुर्खेत र दैलेख तथा सल्यान र रूकुम पश्चिम खेल्ने

वाई वाई १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आज समूह ए का खेल भयसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

आज भएको खेलबाट समूह ए बाट सल्यान विजेता र दैलेख उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् । समूह बि बाट हिजै सुर्खेत विजेता र रुकुम पश्चिम उपविजेता हुँदै फाइनल पुगिसकेका छन् । सेमिफाइनलका खेल भोली हुने छन् ।

पहिलो सेमिफाइनलमा रुकुम पश्चिम र सल्यान तथा दोस्रो सुर्खेत र दैलेख भिड्ने छन् ।  कर्णाली प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

कर्णाली प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता कालिन्चोक मैदान सुर्खेतमा भइरहेको छ । प्रतियोगितामा कर्णाली प्रदेशका ५ जिल्ला सुर्खेत, रुकुम पश्चिम, सल्यान, दैलेख र कालिकोटका १९ वर्षमुनिका टिमको सहभागिता रहेको छ ।

फाइनल शुक्रवार हुने छ । यो प्रतियोगिताबाट वाई वाई १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम बनाइने छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update