Kakhara सबैको खबर सम्पूर्ण खबर
यु-१९ छनाेटकाे उपाधि सुर्खेतलाई, रूकुम पश्चिम उपविजेता

१९ वर्षमुनिकाे वाई वाई राष्ट्रिय क्रिकेट प्रतियाेगिताका लागि आयाेजित कर्णाली छनाेटकने उपाधि सुर्खेतले जितेको छ । आज भएकाे फाइनलमा रूकुम पश्चिमलाई ३ विकेटले पराजित गर्दै सुर्खेत विजेता बनेकाे हाे ।

टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे रूकुम पश्चिमले निर्धारित ३० ओभरमा ६ विकेटकाे क्षतिमा १ सर ५२ रन बनाएकाे थियाे । रूकुम पश्चिमका लागि युनिसविक्रम सिंहले सर्वाधिक ५४ रनकाे याेगदान गरे ।

त्यस्तै कप्तान अरबिन्द घर्तिले ३०, अनुज चनाराले अविजित २२ र शनिष खत्रीले १७ रन बनाए । सुर्खेतका लागि सुदिप बलामि मगरले ४ तथा रमित जिसी र आदित्यविक्रम शाहले १/१ विकेट लिए ।

१ सय ५३ रनकाे जवाफि लक्ष पछ्याएकाे सुर्खेतले २६.१ ओभरमा ७ विकेट गुमाएर लक्ष पूरा गर्याे । उसका लागि मनिष थापाले सर्वाधिक ८४ रन बनाए । त्यस्तै भुपेन्द्र शाहीले २२ र विपनप्रसाद शर्माले १४ रमित जिसीले बनाए ।

रूकुमका लागि युनिसविक्रम सिंहले ३, सुजल ओलीले २ तथा अनुज चनारा र भुवन भण्डारीले १/१ विकेट लिए । फाइनलकाे प्लेयर अफ द म्याच सुर्खेतका मनिष थापा घाेषित भए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update