Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्राे ट्याखाेला गाेल्डकप सुरू

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को संगमस्थल ट्याखोलामा तेस्रो ट्याखोला गोल्ड कप २०८१ अन्तर्गत खुला वडा स्तरीय  पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रवार मुसिकोट नगरपालिका उप–प्रमुख विमल कुमार पुनले उद्घाटन गर्नुभएको हो । ट्याखोला खेलकुद सङ्घ रुकुम पश्चिमको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

कार्तिक १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १९ टिमले सहभागिता जनाएको ट्याखोला खेलकुद सङ्घ रुकुम पश्चिमका सल्लाहकार मनोज बुढाथोकीले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रतियोगितामा विजेता हुने टिमले ४० हजार नगद सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उप–विजेता हुने टिमले २० हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ट खेलाडीले मेडल र प्रमाण पत्र प्राप्त गर्ने सल्लाहकार बुढाथोकीले जानकारी दिनुभयो । 

ट्याखोला खेलकुद संघका अध्यक्ष बालचन्द्र गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका उप–प्रमुख विमल कुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गोविन्द बुढा,कार्यपालिका सदस्य रचना पुन, बालकल्याण माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक गोविन्द बहादुर ओली,संयुक्त एम्बुलेन्स चालक सङ्घ रुकुम पश्चिमका अध्यक्ष कृष्ण कुमार ददेल,मुसिकोट नगरपालिका पशु सेवा शाखाका प्राविधिक सहायक शिवराज महतारा ,समाजसेवी अमर बहादुर महतारा, स्वास्थ्यकर्मी नवीन ओली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन ट्याखोला खेलकुद सङ्घ रुकुम पश्चिमका सल्लाहकार मनोज बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update