Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ को बेलटापुमा पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सानीभेरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता शनिवारबाट सुरु भएको छ । 

प्रतियोगितामा रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका १९ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता नकआउट सिस्टममा सञ्चालन भइरहेको सानीभेरी खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो । 

क्रिकेट विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । खेल पालिका स्तरीय भए पनि एउटा टिमले पालिका भन्दा बाहिरका ३ जना खेलाडी राखेको उहाँको भनाई छ । यसले सबै टिम मजबुत बनेको र खेल प्रतिस्पर्धात्मक रहेको सदस्य सचिव नकालले बताउनुभयो ।

Palika-Cricket-(2)-1729994612.jpg
तीन जिल्लाका टिम भए पनि खेलाडी भने दाङ, बाँके, सुर्खेतसम्मका आएको उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ६० हजार, उप विजेताले नगद ४० हजार र तृतीय हुने टिमले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

साथै व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । म्यान अफ द सिरिजले ३ हजार, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले समान २ हजार, मेडल र प्रमाण पत्र पाउने छन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५ सय, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नकालले बताउनुभयो ।

Palika-Cricket-(1)-1729994614.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update